१० मंसिरको निर्वाचनका लागि ८ सय ७ जनाको उम्मेदवारी


६ कार्तिक २०७४, सोमबार
मनोनय दर्ता 38

काठमाडौं : मंसिरमा ३२ जिल्लामा हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार ८ सय ७ जनाले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगमा अाइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले राजनीतिक दल र उम्मेदवारबीच पारस्परिक सहयोग र हार्दिकताका साथ उम्मेदवारी दर्ता भएको बताएकाे हाे ।

मनोनय दर्ता 38

  विवरण अनुसार प्रतिनिधिसभातर्फ ३२३ र प्रदेशसभा सभातर्फ ४८४ गरी जम्मा ८०७ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाली जनताको सार्वभौमसत्ता सम्पन्न संसद् गठनका लागि भएको निर्वाचन आफैंमा पनि ऐतिहासिक रहेको बताउँदै उनले उम्मेदवारी मनोनयन कार्यक्रम अत्यन्तै शान्तिपूर्ण भएको उल्लेख गरे । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदाता रहेका छन् ।

आजको उम्मेदवारको मनोनयन दर्ता भएपछि आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरी जाँचबुझ तथा छानबिन गर्ने, उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न गरी २०७४ कात्तिक ८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरिने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७