कविका रूपमा परिचित दीपा राई पुनको तेस्रो म्युजिक भिडियो सार्वजनिक


२६ बैशाख २०७५, बुधबार
deepa rai pun Lyricist singer Melina Rai CD Vijaya Adhikari

काठमाडौँ, २५ वैशाख । कविका रूपमा परिचित दीपा राई पुनको शब्द रहेको तेस्रो म्युजिक भिडियो सार्वजनिक भएको छ । केही वर्षदेखि प्रवासमा रहेकी कवि पुनको प्रतिरुप (रिफेल्क्सन अफ लाइफ)मा एल्बममा समावेश भएको ‘तिमी मेरो, म तिम्रो’ बोलको गीत मंगलबार सार्वजनिक भएको हो । पुनको तेस्रो म्युजिक भिडियो उनकै युटुयुब च्यानल मार्फत सार्वजनिक भएको छ । deepa rai pun Lyricist singer Melina Rai CD Vijaya Adhikari

गीतमा चर्चित गायिका मेलिना राई र सिडि विजय अधिकारीले स्वर दिएका छन्। भने डिआर अटुले संगित र सुवास शाक्यले एरेन्ज गरेका छन्  ।

यसै गरी गीतकार पुनका अनुसार जीवनको भोगाइहरू अभिव्यक्तिको रुम लेखिएको गीतको म्युजिक भिडियोमा कञ्चन थुलुङ राई र रोजिना राईले गरेका छन् । भने खगेन्द्र पान्दक लिम्बुको निर्देशन र सञ्जय निङलेखुको सहनिर्देशन रहेको छ । ।

यस्तै भिडियोलाई विवि लिम्बु, खग्रेन्द्र पन्धाक लिम्बु, पर्शु लिम्बु, सञ्जय लिम्बुले छायाँकन गरेका छन् भने । कोरियोग्राफी अबिन लिम्बुले गरेका छन् ।

हाल अमेरिका बस्दै आएकी पुनको फागुनमा ‘प्रतिरुप’ एल्मबसँगै  ‘बिहान बिहानै’ बोलको सार्वजनिक गरेकी थिइन । यस्तै उनको ‘उ तिम्रो सपनाको म (२०६८)’, ‘स्पन्दनका रागहरू (२०७०)’ र ‘छुटेको बागदाता (२०७२)’ गरी हालसम्म तीनवटा कविता सङ्ग्रह प्रकाशित छन् भने फुटकर रूपमा सैयौं कविताहरू प्रकाशित भइसकेका छन् ।

उनी नेपाल छँदा पुष्प व्यवसायीकी रूपमा परिचित थिइन् । उनले २००९, २०१० र २०११ मा उत्कृष्ट पुष्प व्यवसायीको पुरस्कार समेत पाएकी थिइन् ।

याे पनि पढ्नुहाेस्
कवि दीपा राई पुनको गीति एल्बम ‘प्रतिरुप’ सार्वजनिक (भिडियोसहित)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७