बजेट पास गर्न सांसदलाई माओवादीको ‘ह्वीप’


१२ असार २०८०, मंगलवार
Prachanda 4 scaled

काठमाडौं । नेकपा माओवादी केन्द्रले बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ‘ह्वीप’ जारी गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेट निणायार्थ भोलि बुधबार प्रतिनिधि सभामा प्रस्तुत गर्न लागिएको छ ।

मुख्य सचेतक हितराज पाण्डले बजेट पारित गर्नका लागि संसदमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न सांसदहरुलाई निर्देशन दिएका हुन् ।

पाण्डले निकालेको सूचनामा लेखिएको छ, ‘असार १३ गतेको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वार्षिक बजेट) को पक्षमा मतदान गर्नको लागि हाम्रो दलको विधानको व्यवस्था र दल नेता एवम् सम्माननीय प्रधानमन्त्री ज्यूको निर्देशन अनुसार यो निर्देशन (ह्वीप) जारी गरिएको व्यहोरा अनुरोध छ ।’ अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ जेठमा बजेट पेश गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७