रूस लडाकु समूह वाग्नरको व्यवस्थापन गर्न चुक्यो : बेलारुस


१३ असार २०८०, बुधबार

काठमाडौँ । बेलारुसले लडाकु समूह वाग्नरलाई व्यवस्थापन गर्न रुस चुकेको टिप्पणी गरेको छ । बेलारूसका राष्ट्रपति एलेक्जेण्डर लुकाशेन्कोले रुसले सेना र विद्रोह गर्ने भाडाको समूह वाग्नरबीच लामो समयदेखि उत्पन्न तनावलाई गलत तरिकाले व्यवस्थापन गरिएको बताएका छन् ।

आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई झकझकाउने विद्रोह अन्त्यका लागि उनले मध्यस्थता गरेका थिए । वाग्नर र रूसी सेनाबीचको विवाद महिनौंसम्म चर्किरहेको थियो र भाडाका सेनाका प्रमुख येभगेनी प्रिगोजिनले असन्तुष्टि जनाउँदै आएका थिए । रूस कमजोर भए पश्चिमा देशले फाइदा लिने पनि बेलारुसका राष्ट्रपति लुकाशेन्कोको भनाइ छ । उनले आफ्ना सेनालाई पनि उच्च सर्तकता अपनाउन आग्रह गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

युक्रेनमाथि आक्रमण गर्दै आएको रुसमा त्यहाँको निजी सैन्य समूह वाग्नरले सेनामाथि नै विद्रोहको प्रयास गरेको थियो । रुसी सेनाले पर्याप्त हतियार नदिएको र आफ्नै भूमिमा आक्रमण गरेको भन्दै वाग्नर समूहले असन्तुष्टि जनाउँदै आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७