एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै


१३ असार २०८०, बुधबार
Samajbadi
फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको बैठक आह्वान गरेको छ । उक्त बैठक आज बिहान १०.३० बजेका लागि बोलाइएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डले जानकारी दिए ।

बैठकले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारितका पक्षमा मत दिने वा विपक्षमा भन्ने विषयमा निर्णय गर्ने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७