बजेट पारित गर्न संसदमा मतदान हुँदै


१३ असार २०८०, बुधबार
budget voting chandra

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्नका लागि मत विभाजन माग गरेसँगै बजेट पारित गर्न मत विभाजन हुने भएको छ ।

आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकोमा सभामुख देवराज घिमिरेले ध्वनी मतका आधारमा बजेट पारित भएको घोषणा गरेका थिए । तर, एमालेका सचेतक महेश बर्तौलाले असहमति जनाएपछि मत विभाजन हुने भएको हो ।

budget voting YinKTePGc9

सभामुख घिमिरेले २८ जनामध्ये बढी सदस्यहरुले उठेर मत विभाजनको माग गरिएकाले सोहीअनुसार हुने जानकारी दिए । अहिले मत विभाजनका लागि प्रक्रिया चलिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७