११ दिनको उपचारपछि अस्पतालबाट शीतलनिवास फर्किए राष्ट्रपति पौडेल


१३ असार २०८०, बुधबार
ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल असार २ गते त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

उनको मुटुमा असार ५ गते पेसमेकर राखिएको छ । विभिन्न परीक्षण चिकित्सकहरूको निगरानी तथा उपचारपछि राष्ट्रपति पौडेल आज दिउँसो डिस्चार्ज भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।

चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । डिस्चार्जपछि पौडेलले आफ्नो स्वास्थ्यमा चासो देखाउने सबैमा धन्यवाद व्यक्त गरेका छन् । त्यसअघि पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा पनि उपचार गराएका थिए । बाँसबारीमा एन्जिओप्लास्टी गरेर बन्द भएको मुटुको नसा खुलाइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७