‘पूर्वराजाको अभिव्यक्ति निरर्थक’


६ कार्तिक २०७४, सोमबार
raja Gyanendra

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले केही बोल्नेबित्तिकै प्रतिक्रिया जनाइहाल्ने ठूला राजनीतिक दल उनको पछिल्लो अभिव्यक्तिलाई लिएर केही बोलेका छैनन् । यद्यपि, ठूला दलका दोस्रो तहका नेताचाहिँ संविधान कार्यान्वयन तीव्र गतिमा बढिरह“दा शाहका अभिव्यक्तिको खासै अर्थ नभएको दाबी गर्छन्।raja Gyanendra
पूर्वराजा शाहले भाइटीकाको अवसर पारेर अब टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै आफू जिम्मेवारी र नेतृत्व लिन तयार भएको बताएका छन् । कान्छी बहिनी शोभा शाहीको निवासमा पुगेर भाइटीका लगाएपछि सञ्चारकर्मीसँग उलने भने, ‘एउटा जिम्मेवार नागरिकको हैसियतले मलाई देशको चिन्ता र चासो हुनु स्वाभाविकै छ तर अब समय आएजस्तो छ, जनताले जिम्मेवारी दिए म नेतृत्व लिन तयार छु । तर, सबै जनताको इच्छा हुनुपर्छ ।’
बिनाविभागीय मन्त्री एवं माओवादी नेता टेकबहादुर बस्नेत पूर्वराजाले मौकाको फाइदा लिन खोजे पनि त्यो असम्भव रहेको बताउँछन् । ‘शाहको पुनरुदय सम्भव छैन’, उनले अन्नपूर्णसँग भने, ‘वामपन्थी गठबन्धनविरुद्ध देशी÷विदेशी शक्तिले उचालेको भरमा सायद उनी बोलेका होलान् । तर, यसको कुनै अर्थ देख्दिनँ ।’
एमाले उपाध्यक्ष भीमबहादुर रावल भने चुनावमा प्रतिस्पर्धा गरेर नेतृत्वमा पुग्न सकिने ठाउ“ भएको सुझाव दिन्छन् । ‘चुनाव जितेर सत्तामा पुग्न यो मुलुकका सबै नागरिकलाई समान अधिकार छ’, उनले भने, ‘चुनावबाहेक कुनै तरिकाबाट पूर्वराजा आउने आधारचाहिँ छैन ।’
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ठूला दलका कारण उत्पन्न राजनीतिक वितृष्णाको प्रतिफलका रूपमा हेर्छन्, पूर्वराजाको अभिव्यक्तिलाई ।
कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले जनताको आदेशबाटै निकालिएको राजलाई जनताको आदेशबाट पुनःस्थापित हुने कुरामा सत्यता नरहेको बताए । उनले भने, ‘गणतन्त्र संस्थागत हुने र संक्रमणकाल अत्य हुने अवस्थामा रहेकाले अब कोही आउने÷जाने कुरा भ्रमको खेती मात्रै हो ।’
एमाले नेता रवीन्द्र अधिकारी शाहको अभिव्यक्तिले कुनै अर्थ नराख्ने बताउँछन् । ‘दलहरूले जनादेशअनुसार राज्य सञ्चालन गर्न नसकेको विकल्प राजा हुनै सक्दैनन्’, उनी भन्छन् ।
कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले कुनै पनि नागरिकलाई आमजनताले सहयोग गरेमा नेतृत्व लिन्छु भन्नु स्वाभाविक कुरा भएको बताउँछन् । भन्छन्, ‘तर, पूर्वराजामा त्यो सम्भावना छैन । जिम्मेवारी पाउँदा सदुपयोग गर्न नसक्ने अहिले देश हिंसाबाट मुक्त भई संविधान कार्यान्वयन अन्तिम चरणमा पुग्दा सत्ता लिने कुरा सम्भव नै छैन ।’

अन्नपूर्ण पाेष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७