मोरङमा २० प्रतिशत रोपियो धान


१५ असार २०८०, शुक्रबार
Ropai sunsari scaled

मोरङ । ‘जलवायु अनुकूलित कृषि मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ मोरङका विभिन्न स्थानमा आज राष्ट्रिय धान दिवस मनाउँदै रोपाइँ भइरहेका छन् । असार महिनाको आधा समय बितिसक्दा यस पटक जिल्लामा २० प्रतिशत मात्र अर्थात् आठ हजार तीन सय ३० हेक्टर जमिनमा धान रापाइँ भएको हो ।

कुल ८३ हजार तीन सय हेक्टर जमिनमा धान रोप्ने गरिएकामा हालसम्म २० प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख रामदेव सिंहले बताए । समयमा पानी नपर्नाले रोपाइँ ढिलो भएको हुनसक्ने उनको भनाइ थियो । गत वर्ष ९९ प्रतिशत रोपाइँ भएकामा यस पटक पनि मौसमले साथ दिए साउन १५ सम्ममा सबै धान रोपिसकिने प्रमुख सिंहको जिकिर थियो ।

जिल्लामा धेरै मात्रामा रन्जीत धान, राम धान, विवि एघार, स्वार्णलगायत धान लगाउने गरिएकोे ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष जिल्लामा ८२ हजार चार सय ६७ हेक्टर जमिनमा धान रोपाइँ भएकामा तीन लाख ३८ हजार एक सय १४ मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७