मध्यावधिको तयारीमा छैनौं : हिक्मत कार्की

मोरङ । कोशी प्रदेशको मुख्यमन्त्रीमा विश्वासको मत नपाएका हिक्मत कार्कीले मध्यावधि चुनावको तयारीमा नरहेको बताएका छन् । प्रदेशसभाको बैठकपछि बाहिरिदै कार्कीले आफूहरु मध्यावधि चुनावको तयारीमा नरहेको बताएका हुन् ।
‘प्रदेश प्रमुखले जे आह्वान गर्नु हुन्छ त्यहि हुन्छ । अहिले हामी मध्यावधिको तयारी अवस्थामा छैनौं,’ उनले भने, ‘यदि मध्यावधिको अवस्थामा पुर्यायो भने त जार्नै पर्यो ।’
कार्कीले आफूले मुख्यमन्त्रीबाट राजीनामा दिन नपर्ने बताए। कार्कीले भने,‘मैले राजीनामा दिनु पर्दैन । किन भने मैले विश्वासको मत प्राप्त गरिन् । समय परिस्थितिले कहाँ पुर्याउँछ अब ?’ विश्वासको मत विभाजनमा कार्कीले ४६ मत प्राप्त गरे । बहुमतका लागि ४७ सांसको समर्थन आवश्यक थियो ।