हेटौंडामा बस दुर्घटना : ३७ जना घाइते


१५ असार २०८०, शुक्रबार
1688113442 accident 1200x560 1

मकवानपुर । हेटौंडा–११ नवलपुरमा बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ मा अनियन्त्रित भएर बस पल्टिँदा ३७ जना घाइते भएका हुन् ।

नारायणगढबाट जनकपुरतर्फ जाँदै गरेको ना ६ ख ९८०४ नम्बरको बस सडकबाट करिब एक सय मिटर तल खसेको हो । घाइतेमध्ये १० जनाको हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालमा र २७ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

‘बस आफैं अनियन्त्रित भएर सडबाट तल खसेको हो । सोही स्थानमा सडक निर्माणको काम भैरहेकोले चालक झुक्किएको हुनसक्ने अनुमान गरेका छौं’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) बामदेव गौतमले भने, ‘घाइतेमध्ये केहीको अवस्था गम्भीर छ भने बाँकीको सामान्य रहेको छ ।’ दुर्घटनाका विषयमा थप अनुसन्धान भैरहेको जानकारी दिँदै उनले चालक सम्पर्कमा नभएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७