पञ्चेबाजासहित महानगरद्वारा रोपाइँ


१५ असार २०८०, शुक्रबार
Ropai morang

मोरङ । राष्ट्रिय धान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले वडानं १२ स्थित बखरीमा सामूहिक रोपाइँ गरेको छ ।
पञ्चेबाजासहित गरिएको रोपाइँ कार्यक्रममा महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, आर्थिक विकास समिति संयोजक श्याम घिमिरे, वडा नं ११ अध्यक्ष तीर्थेन्द्र नेउपाने, १२ का अध्यक्ष हीरालाल कामत, वडासदस्य कुशेश्वर राजवंशीसहित विभिन्न राजनीतिक दलका स्थानीय नेता, समाजसेवी, टोल सङ्गठनमा आबद्ध व्यक्ति, कृषकलगायतको सहभागिता थियो ।

Ropai sunsari 2

सो अवसरमा नाचगान गर्दै रमाइलो समेत गरिएको थियो । उक्त दिवसका अवसरमा शुभकामना दिँदै महानगर प्रमुख कोइरालाले कृषिलाई आधुनिकीकरण र यान्त्रीकीकरणतर्फ लैजानु पर्नेमा जोड दिए । किसानले सहजरुपमा मल, सिँचाइ र बीउ पाउने अवस्था सिर्जना गर्नु आवश्यक रहेको बताउँदै उनले कृषिलाई यान्त्रीकीकरण गरेर उत्पादन वृद्धि गर्नुपर्ने बताए । चालीसको दशकसम्म नेपालले खाद्यान्न निर्यात गर्दै आएकामा अहिले वार्षिक रु छ खर्बभन्दा बढीको खाद्यान्न आयात गर्नुपर्ने बाध्यता आउनुका कारण कृषिलाई उपेक्षा गरेकैले भएको बताए ।

धान दिवसका अवसरमा महानगरपालिकाले हरेक वर्ष सामूहिक धान रोपाइँ गर्दै आएको छ । गत वर्ष वडा नं १८ मा रोपाइँ कार्यक्रम आयोजना गरिएको थियो । विगत केही दिनदेखि पूर्व क्षेत्रमा मौसम अनुकूल रहेको र वर्षा पनि भइरहेकाले रोपाइँमा धेरै सहज भएको कृषकको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७