आएमएफको पाकिस्तानसँग तीन अर्ब अमेरिकी डलरको सम्झौता


१६ असार २०८०, शनिबार
IMF

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र पाकिस्तानी अधिकारीहरूबीच ‘स्ट्यान्ड बाई एरेन्जमेन्ट (एसबीए)’ द्वारा समर्थित नीतिहरूमा कर्मचारी–स्तरीय सम्झौतामा पुगेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ ।

करिब तीन अर्ब अमेरिकी डलर बराबरको नौ महिनाको एसबीएसम्बन्धी कर्मचारीस्तरीय सम्झौता अन्तर्राष्ट्रिय मुद्राकोषको कार्यकारी बोर्डको स्वीकृतिको अधीनमा रहेको कोषले बिहीबार जनाएको हो ।

‘नयाँ एसबीएले अर्थव्यवस्थालाई हालैका बाह्य झट्काहरूबाट स्थिर गर्न, समष्टिगत आर्थिक स्थिरता कायम गर्न र बहुपक्षीय र द्विपक्षीय साझेदारहरूबाट वित्तपोषणको लागि ढाँचा प्रदान गर्न अधिकारीहरूको तत्काल प्रयासलाई समर्थन गर्नेछ’, कोषले जनाएको छ ।

नयाँ एसबीएले पाकिस्तानी जनताको आवश्यकतालाई सम्बोधन गर्न मद्दत गर्न सुधारिएको घरेलु राजस्व परिचालन र सावधानीपूर्वक खर्च कार्यान्वयनको माध्यमबाट सामाजिक र विकास खर्चको लागि स्थान सिर्जना गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७