पूर्व माओवादीबीच पार्टी एकताका लागि ठोस पहल हुँदैछ : प्रचण्ड


१६ असार २०८०, शनिबार
Prachanda dhading2023 06 26 02 43 04

पोखरा । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व माओवादी शक्तिहरूबीच एकताका लागि ठोस पहल भइरहेको बताएका छन् ।

पोखरामा शनिबार माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै उनले पार्टी एकताका लागि ठोस पहल गरिने बताए । ‘माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ । हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ । त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो ।’

उनले भने, ‘हामीभित्र मात्र थपघट गरेर पार्टी पुनर्निर्माण हुँदैन । यस पटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ । त्यसका लागि नयाँ ढंगले सोच्दै छौँ । हामीसँग इतिहासको तागत छ । जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत छ र यसलाई देश निर्माणका पक्षमा लगाउनु पर्छ ।’

आफ्नो पहलमा समाजवादी मोर्चा घोषणा गरिएको भन्दै उनले समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्ने बताए । ‘पूर्व माओवादीहरू पनि छलफलमा छौँ । फेरि पार्टी एकताको आधार निर्माण हुँदै छ । पार्टी एकताको लागि ठोस पहल अगाडि बढाउँछौँ’, उनले भने, ‘हामी विशेष महाधिवेशन गर्नेमा पनि छौँ, यसले पार्टी पुनर्निर्माणमा योगदान पुग्नेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७