‘हेभिवेट’बीचको भिडन्तले बढ्यो चुनावी गर्मी


६ कार्तिक २०७४, सोमबार

काठमाडौँ : ‘वामविरुद्ध लोकतान्त्रिक’ गठबन्धन र तालमेलका रूपमा पहिलोपटक जनप्रतिनिधिको सर्वोच्च निकाय व्यवस्थापिका र प्रदेशमा चुनावी प्रक्रिया सुरु भएको छ । पहिलो चरणमा तीन ठूला दल नेपाली काँग्रेस, एमाले र माओवादीमध्ये लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसले बढी स्थानमा मनोनयन दर्ता गराएको छ ।आजको गोरखापत्रमा खबर छापिएको छ ।

narayankaji baburam

संघीय संरचनामा पहिलोपटक हुन लागेको प्रदेशसभा निर्वाचनमा मुख्यमन्त्रीको दाबीसहित केही ‘हेभिवेट’ उम्मेदवारले मनोनयन गरेका छन् । प्रतिनिधिसभामा केही नयाँ उम्मेदवारले मौका पाए पनि अधिकांश पुरानैको वर्चस्व छ ।

वाम गठबन्धनमा सामेल भई अन्तिम समयमा कांँग्रेससँगको सहकार्यमा पुग्नुभएका पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराईले गोरखाबाट मनोनयन गराएका छन्। आफ्नै मूल पार्टी नेकपा (माओवादी केन्द्र)का नारायणकाजी श्रेष्ठ भट्टराईका मुख्य प्रतिस्पर्धी छन् । बाबुरामलाई काँग्रेसले साथ दिएको छ भने श्रेष्ठलाई एमालेको साथ छ । तर, पछिल्लो स्थानीय तहको नतिजाअनुसार एमाले गोरखामा ‘निल’ भएको थियो । काँग्रेसले नौ र माओवादी केन्द्रले दुई स्थानमा जित हासिल गरेका थिए ।

अन्तिम पटकका लागि भन्दै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा काँग्रेसको सहयोगमा सिन्धुपाल्चोकमा चुनावी मैदानमा छन्। चार वर्षअघि संविधानसभा सदस्यमा सिन्धुपाल्चोक ३ बाट पराजित राणाले यो पटक क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् । क्षेत्र फरक भए पनि भूगोल र प्रतिस्पर्धी फेरिएका छैनन् ।

२०७० मा राणालाई पराजित गरेका एमालेका शेरबहादुर तामाङ नै योपटक पनि उक्त क्षेत्रमा उम्मेदवार छन् । गएको संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन बागमती अञ्चलबाटै माओवादीका एकमात्र प्रत्यक्ष निर्वाचित सांसद अग्नि सापकोटा योपटक नयाँ क्षेत्रमा प्रतिस्पर्धामा गएका छन् । सापकोटा बाहलवाला सूचना तथा सञ्चारमन्त्री सापकोटा बाहलवाला सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसँग प्रतिस्पर्धा गर्दै छन् । बस्नेत यसअघि पनि सिन्धुपाल्चोक १ बाटै संविधानसभा सदस्यमा विजयी भएका थिए।

पूर्वअर्थमन्त्री रामशरण महत योपटक पनि नुवाकोटबाटै प्रतिस्पर्धामा छन् । पहिलो संविधानसभा सदस्यमा महतसँग पराजित हितबहादुर तामाङसँग उनको पुनः प्रतिस्पर्धा हुनेछ । काँग्रेसकै अर्का नेता अर्जुननरसिंह केसीले पनि नुवाकोटबाटै प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । केसीको प्रतिस्पर्धीमा वाम गठबन्धनका नारायण खतिवडा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७