किशोरको हत्यापछि फ्रान्स प्रदर्शन तीब्र : ठाउँ–ठाउँमा आगजनी, एक हजार बढी पक्राउ


१७ असार २०८०, आईतवार
422435 01 02

काठमाडौं । फ्रान्सका सडकमा एक किशोरलाई प्रहरीले गोली हानेर हत्या गरेको घटनालाई लिएर तनाव बढेपछि प्रदर्शनकारीले ठाउँ ठाउँमा आगो बालेर आवागमनमा अवरोध खडा गर्नुका साथै प्रहरीमाथि आक्रमण समेत गरेका छन् ।

सिएनएनका अनुसार हिंसाको चौथो दिन पनि सरकारले शान्ति सुव्यवस्था कायम गर्न संघर्ष गरिरहेको छ । अहिलेसम्म प्रहरीले करिब एक हजार जनालाई पक्राउ गरेको छ । फ्रान्सको गृह मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार ९९४ जनालाई हिरासतमा लिइएको छ । सार्वजनिक सडकमा दुई हजार ५६० स्थानमा आगजनी गरिएको, एक हजार ३५० कार जलेको र २३४ वटा भवनमा क्षति वा आगलागीका घटना भएको बताइएको छ ।

शुक्रबार रातिसम्म ७९ जना प्रहरी घाइते भएका छन् भने ५८ प्रहरी स्टेसनमा आक्रमण भएका छन् । बिएफएमटिभीका अनुसार मार्सिलेको पुरानो बन्दरगाहमा शुक्रबार साँझ विस्फोट भएको थियो तर कुनै मानवीय क्षति भने भएको थिएन । पेरिसको उपनगरीय शहर नान्टेरेमा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा रोकिएपछि नाहेल भनिने १७ वर्षीय किशोरको मृत्यु भएपछि यो घटना भएको हो । उनलाई गोली हानेको आरोप लागेका अधिकारीलाई जेल लगिएको थियो । नाहेलको अन्त्येष्टि शनिबार गरिएको छ ।
रात्रिकालीन दङ्गा नियन्त्रण गर्न फ्रान्समा ४५ हजार प्रहरी तैनाथ
फ्रान्सका आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले कुनै पनि किसिमका सम्भावित रात्रिकालीन दङ्गा नियन्त्रण गर्न ४५ हजार प्रहरी अधिकारीहरू तैनाथ गरिएको बताएका छन् । अल जजीराले उल्लेख गरेअनुसार अघिल्लो दिन करिब ४० हजार प्रहरी परिचालन गरिएको थियो भने शुक्रबारदेखि थप पाँच हजार प्रहरी परिचालन गरिएको छ ।

गोली हानेर मारिएका १७ वर्षीय नाहेल एमको मृत्युलाई लिएर देशभर विरोध प्रदर्शन भइरहेका बेला फ्रान्समा बिहीबार ४०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको थियो । नान्तेरेमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा मार्सेलीमा केही दिनअघि नाहेल नामका १७ वर्षीय किशोरको हत्या गोली लागी मृत्यु भएको थियो । युवकको हत्याको विरोधमा प्रतिरोधलाई झन् तीव्र पारिएको छ ।

किशोरीको सम्झनामा निकालिएको र्‍याली हिंसात्मक बनेपछि नान्तेरेमा एउटा बैंकमा आगजनी भएको छ । सो घटनाको आशङ्कामा १५ जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । सीएनएनले बीएफएमटीभीलाई उद्धृत गर्दै मार्सेलीमा प्रदर्शनकारीहरूले प्रहरी अधिकारीहरूमाथि आतिशबाजी गरेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७