कम्युनिष्टहरुबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध टुट्दैन : प्रधानमन्त्री

‘सोसल मिडियामा गाली गरेकै भरमा राजनीतिक कोर्स दायाँ–बायाँ गर्न खोज्ने प्रवृति बढ्यो’


१८ असार २०८०, सोमबार
prachanda 2

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोसल मिडियामा गाली गरेकै भरमा देशको राजनीतिक कोर्सलाई दायाँ–बायाँ गर्न खोज्ने प्रवृति बढेको बताएका छन् । गिरिजाप्रसाद कोइरालाको शतवार्षिक समारोहलाई आज (सोमबार) सम्बोधन गर्दै उनले देशभित्र अहिले अराजकता बढेको बताए ।

‘बलिदानको बलमा प्राप्त परिवर्तन अहिले विचारको आवश्यकताको महसुस नगर्ने र सिद्धान्त र राजनीतिक एजेण्डामा केन्द्रीत हुनपर्ने नपर्ने, सोसल मिडियामा गाली गरेकै भरमा देशको राजनीतिक कोर्सलाई दायाँ–बायाँ गर्न खोज्ने जुन प्रवृति देखिएको छ ।’ उनले भने, ‘हामीले आत्मसमीक्षा गरेर फेरि एउटा नयाँ इच्छाशक्तिसहित राष्ट्र र जनताको जीवन बदल्न हो पहल नगर्ने हो भने हेलचेक्याई गर्ने हो भने सिस्टम नै कोल्याप्स हुन्छ । उनले हाम्रोभन्दा राम्रो एजेण्डा र विचार लिएर जनताको जीवन परिवर्तन गर्न आउने हो भने ठाउँ छाड्न कुनै गाह्रो नभएपनि हजारौं पटक विचार गर्दा त्यस्तो स्थिति नभएको बताए ।

उनले भने,‘हामीले अरुलाई होइन आफैलाई हेर्दा चाहिँ हामीले व्यवस्था बदल्न जुन शाहस गर्यौं, हामीले जनताको र राष्ट्रको अवस्था बदल्न त्यति नै साहस र इच्छा शक्ति प्रदर्शन गर्न सकेनौं सबैभन्दा पहिला हामीले आत्मसमीक्षा गर्न जरुरी छ । हामी आत्मसमीक्षा गरेर व्यवस्थाका साथसाथै अवस्था बदल्न गुणात्मक ढंगले अगाडि बढ्नुपर्छ, काम गर्नुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले शान्ति र गणतन्त्रको रक्षा गर्ने कुरामा आफ्नो जिम्मेवारी र दायित्व धेरै ठूलो छ भन्ने प्रेरणाको स्रोत गिरीजा प्रसाद कोइराला रहेको बताए । कोइरालाको पार्थिव शरीर अगाडि बसेको समयमा गरेको संकल्प छिट्टै बिर्सिएर पुरातनतिर जान खोज्ने सोच केहो भन्ने प्रश्न रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले कम्युनिष्टहरुको एकताको कुराबाट नेपाली कांग्रेस तरंगित हुन नपर्ने बताएका छन् । कम्युनिष्टहरुबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध नटुट्ने उनले बताए । गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवसरमा चाबहिलस्थित जीपी कोइराला मेमोरियल कलेजले आज आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले लेफ्टहरुको युनिटीको कुरा गर्दा कांग्रेससँग डिसयुनिटी हुने छैन ।’

विगतका राजनीतिक आन्दोलन कांग्रेस र कम्युनिष्ट मिलेर लडेकाले हालसम्मको उपलब्धि हासिल भएको भन्दै उनले कम्युनिष्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने बताएका हुन् । उनले भने, ‘कन्भिक्सनको लेभलमा मेरो कमिटमेन्ट छ । त्यसकारण यो प्रक्रिया अगाडि जान्छ, जानुपर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७