अध्यक्ष नेपाल श्रीलंका प्रस्थान, पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी


१८ असार २०८०, सोमबार
madhav nepal
फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल श्रीलङ्का प्रस्थान गरेका छन् । श्रीलङ्कन कम्युनिष्ट पार्टी स्थापनाको ८०औं वर्ष पूरा भएका सन्दर्भमा त्यहा आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपाल त्यहाँ आयोजित दक्षिण एशियाली कम्युनिष्ट पार्टी तथा वामपन्थी पार्टीहरुको बैठकमा सहभागी हुने कार्यक्रम रहेको पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिए । उनको अनुपस्थितिमा पार्टी कामको संयोजन गर्न पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको पार्टीका उपमहासचिव तथा कार्यालय सचिव डा गङ्गालाल तुलाधरले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७