काठमाडौंको ठमेल अब ‘सवारीसाधनमुक्त क्षेत्र’


६ कार्तिक २०७४, सोमबार
thamel bazzar

काठमाडौं  : देशको प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई सवारीसाधनमुक्त क्षेत्र (भेहिकल फ्री जोन) बनाइएको छ । ठमेललाई व्यवस्थित पर्यटकीय केन्द्रका रूपमा विकास गर्न आइतबारदेखि सवारीसाधनमुक्त क्षेत्र बनाइएको हो । अाजकाे अन्नपूर्ण पाेष्टमा खबर छ ।
thamel bazzar

काठमाडौं महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी महाशाखा, ठमेल पर्यटन विकास परिषद्को पहलमा ठमेल क्षेत्रलाई भेहिकल फ्री जोन बनाइएको हो । ठमेल क्षेत्रमा प्रवेश गर्ने सवारीसाधनलाई विभिन्न स्थानबाट सञ्चालनमा रोक लगाइएको हो ।

महानगरीय ट्राफिक व्यवस्थापन महाशाखाका अनुसार त्रिदेवी मार्गबाट ठमेलतर्फ आउने सवारीसाधनले मात्र प्रवेश पाउनेछन् भने अन्य मार्गबाट आउनेलाई प्रवेशमा रोक लगाइएको छ । ज्याठा र त्रिदेवी सडकखण्डलाई दुईतर्फी सञ्चालन गरिने भएको छ । क्षेत्रपाटीबाट जेपी मोड, ठँहिटी र ठमेल आउने सडकमा दुईपांग्रे सवारीसाधनलाई मात्रै दुईतर्फी सञ्चालन गर्न दिइनेछ ।

ठमेलबाट बाहिर जाने सवारीसाधन सातघुम्ती, सोह्रखुट्टे ओरालो, क्षेत्रपाटी, भगवती बहाल, अमृतमार्ग, टँहिटीबाट दाहिनेतर्फ भने जान पाउनेछन् । ठमेल क्षेत्र भित्रको सडकमा कुनै पनि सवारीसाधन पार्किङ गर्न नदिने र ट्राफिक संकेतको व्यवस्थापन गरी सवारी आवागमन अझ प्रभावकारी बनाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७