प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई


१९ असार २०८०, मंगलवार
Memory king

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेमोरी किङका रुपमा चर्चित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले शर्मालाई नेपालीको नाम विश्वमा राख्न सफल भएकोमा बधाई दिँदै आगामी दिनमा थप सफलताको शुभकामना दिए । शर्माले एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर विश्व कीर्तिमान कायम गरेका हुन् । उनले त्यसको श्रेय आफ्नो ध्यान, साधना र ‘मेमोरी टेक्निक’ लाई दिन्छन् । थप विश्व रेकर्ड कायम गर्ने अठोट गरेका शर्माले विद्यार्थीलाई पनि स्मरण शक्ति बढाउने तालिम दिँदै आएका छन् ।

स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका शर्माले छिट्टै तेस्रो रेकर्ड राख्ने तयारी गरेका छन् । शर्माले यसअघि सन् २०१५ मा एक मिनटमा ४२ वस्तुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए । शर्माले भने, ‘यो विश्व रेकर्डको प्रमाणपत्र मेरो मात्रै नभइ सम्पूर्ण नेपालीको भएको महसुस गर्दै आगामी दिनमा अझै वर्ल्ड रेकर्ड राखेर नेपालको नाम विश्व सामू फैलाउने योजना छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७