कोटहीमाई गाउँपालिकाका इञ्जिनियर यादव घुससहित पक्राउ


२० असार २०८०, बुधबार
Akhtiyar

काठमाडौँ । रूपन्देहीको कोटहीमाई गाउँपालिकाका इञ्जिनियर अर्विन्दकुमार यादव ४५ हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इञ्जिनियर यादवलाई बुधबार घुस रकमसहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

वडा नम्बर ७ अन्तर्गतको सडक पिसिसी र ग्राभेल गर्ने कामको नापजाँच पछि भुक्तानी दिनको लागि सेवाग्राहीसँग घुस माग गरेका थिए । घुस मागेको सूचना पाएपछि खटिएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७