जंगली च्याउ खाँदा एकै परिवारका चार जना बिरामी


०७:१२ बजे

मोरङ । जंगली च्याउ खाँदा मोरङको पथरीशनिश्चरे नगरपालिका–६ का एकै परिवारका चार जना बिरामी भएका छन् ।
मंगलबार राति जंगली च्याउ खाँदा पथरीशनिश्चरे नगरपालिका–६ का ५३ वर्षीय विजय कविरथ, उनकी पत्नी ५३ वर्षीया काजल कविरथ, छोरा २८ वर्षीय जयराम र छोरी १८ वर्षीया अस्मिता बिरामी भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

जंगली च्याउ खाएर बिरामी भएका उनीहरुको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको इप्रका पथरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । विजयले घर नजिककै रहेको बाँस झ्याङमा उम्रेको च्याउ ल्याई तरकारी पकाएर खाँदा एक परिवारका ४ जना गम्भीर अवस्थामा बिरामी परेका हुन् ।

उनीहरुलाई उपचारका लागि विराटनगर राति नै ल्याइएको थियो । बाँस झ्याङमा उम्रिएको च्याउ ल्याएर तरकारीका रूपमा सबै जनाले खाँदा बिरामी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपीले भण्डारीले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७