माओवादी शीर्ष नेताहरू भारतमा भ्रमणमा जाँदै


२१ असार २०८०, बिहीबार
Mao meeting scaled
फाइल फोटो

नयाँदिल्ली । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरू भारत भ्रमणमा निस्कँदै छन् । सत्तारूढ भारतीय जनता पार्टीको निमन्त्रणामा उनीहरू भारत भ्रमणमा जान लागेका हुन् ।

भाजपा अध्यक्ष जे पी नड्डाले पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा नेपालका सत्तारूढ दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउन लागेको जानकारी दिएका छन् । भाजपा विदेश विभागद्वारा आयोजित ’प्लयध द्यव्ए ष्लष्तष्बतष्खभक’ कार्यक्रममा बोल्दै भाजपा अध्यक्ष नड्डाले आफ्नो पार्टीको निमन्त्रणामा निकट भविष्यमै माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउने बताएका हुन् ।

विभिन्न देशका राजनीतिक दलका नेताहरूलाई भाजपाले भारतमा बोलाएर पार्टीको गतिविधि बारे जानकारी गराउने गरेको छ । नड्डाले भनेका छन्, ‘विभिन्न देशका राजनीतिक पार्टीहरूसँग आफ्नो सम्बन्ध बढाउने उद्देश्यका साथ हामीले विभिन्न देशका राजनीतिक दलहरूको प्रतिनिधिहरूलाई यहाँ भारतमा बोलाउने गरेका छौं र हाम्रा पार्टीका प्रतिनिधिहरू विभिन्न देशहरूमा जाने गरेका छन् ।’ नेपालका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि नड्डाको निमन्त्रणामा गत वर्ष भारतको भ्रमण गरेका थिए ।

bjp KiFEDRBuJP

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७