रामशरण महतको अर्थनीतिले अर्थतन्त्र ध्वस्त बनायो : उद्योग मन्त्री यादव


२७ बैशाख २०७५, बिहीबार
matrika yadav 1

काठमाडौं, २७ बैसाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पूर्व अर्थमन्त्री डा. रामशरण महतको अर्थनीतिले देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् ।

matrika yadav 1
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव । तस्विर : नयाँपेज फाइल

मन्त्री यादवले पूर्व अर्थमन्त्री महतलाई ‘बेस्ट’ अर्थमन्त्रीको उपाधि दिइएकोमा पनि आक्रोश व्यक्त गर्दै भने, ‘बेस्ट अर्थमन्त्रीको अर्थनीतिले देशलाई बर्वाद बनाएको हो ।’

बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले सरकारले सबै खालको सिण्डिकेट अन्त्य गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । उनले देशलाई समृद्ध बनाउने राष्ट्रिय संकल्प पूरा गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७