प्रहरीले नै दुःख दिए ? तत्काल फोनमा यो नम्बर थिच्नुस्


२७ बैशाख २०७५, बिहीबार
police 2

काठमाडौं, २७ बैसाख । प्रहरी आचरण सुधारका लागि आइजीपी सर्वेन्द्र खनालले ‘टेलिफोन हट लाइन’ सेवा सञ्चालनमा ल्याएका छन् । आम सर्वसाधाहरणले प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासा सुन्नका लागि प्रहरी मुख्यालयले ०१–४४१०१४४ को हट लाइन सेवा शुरु गरेको जनाएको छ ।police hot line

सो नम्बरमा उजुरी टिपाई सकेपछि मुख्यालयले त्यसपछि भएका काम कार्वाहीका विषयमा पीडितलाई समेत जानकारी गराउने जनाएको छ । प्रहरी सेवा प्राप्त नभएको खण्डमा, प्रहरी कर्मचारीहरुले रिसवत मागेमा, जाहेरी लिन नमानेमा वा झुट्टा उजुरी दर्ता गरेमा, कानुन विपरीत थुनामा राखेमा लगायतका विषयमा उजुरी सो हट लाइन सेवा प्रयोग गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७