जाने बेला एक अर्बको हतियार जोड्ने तयारीमा प्रधान सेनापति क्षेत्री


२७ बैशाख २०७५, बिहीबार
senapati rajendra chhetri

काठमाडौं, २७ बैसाख । प्रधान सेनापति राजेन्द्र क्षेत्रीले आफ्नो कार्यकालको उतराद्र्धमा नेपाली सेनाका लागि एक अर्ब बराबरको हतियार खरिद् प्रक्रिया अगाडि बढाउने तयारी थालेका छन् ।

senapati rajendra chhetri
फाइल फोटो

उनले नेपाली सेनाको शान्ति मिसनका लागि भन्दैं सिङ्गापुर, अमेरिका र इजरायलबाट ५ हजार ३ सय थान अत्याधुनिक हतियार खरिद प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको सेनाको उच्च स्रोतले जानकारी दिएको छ । क्षेत्रीले सिङ्गापुरबाट सिङ्गापुर एसटी, अमेरिकाबाट एम–१६ र इजरायलबाट गलिल हतियार खरिदको प्रक्रिया अगाडि बढाउने तयारी गरेको स्रोतले जनाएको छ । उनका अनुसार ८७ करोडको एम–१६, ७ करोडको गलिल र ६ करोडको सिङ्गापुर एसटी किन्ने तयारी भइरहेको छ । नेपाली सेनासँग एम-१६ यसअघि नै रहेको छ ।

नेपाली सेनाले अहिले शान्ति मिसनमा थप १० हजार जनशक्ति थप्ने भनेर लबिङ गरिरहेको छ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा माओवादी सशस्त्र युद्धका समयमा एम–१६ खरिद गरिएको थियो । यस्तै, पूर्व प्रधान सेनापति गौरव शमशेर राणाको पालामा इजरायलबाट ४० करोड बराबरको अत्याधुनिक गलिल र युद्ध सामाग्रीले सेनाले खरिद गरेको थियो । तर, सिङ्गापुर एसटी भने सेनाले पहिलो पटक भित्र्याउन लागेको जनाइएको छ ।

उक्त हतियार नेपाली सेनाका लागि कति उपयुक्त छ हो भन्ने विषय अध्ययन नभएको स्रोतले जनाएको छ । सिङ्गापुर एसटी खरिदमा रोशन श्रेष्ठले हतियार एजेन्टका रुपमा काम गरिरहेका छन् । रोशन श्रेष्ठ प्रधान सेनापति क्षेत्रीका छोरा अभिषेक क्षेत्रीको निकट मानिन्छन् । स्रोतकाअनुसार रोशनसँग अभिषेक प्रोजेक्ट बेसमा हिडन बिजनेश पार्टनरका रुपमा काम गरिरहेका छन् । यसअघि नेपाली सेनाका विभिन्न निर्माण कार्यका सामाग्री आपूर्तिको ठेक्का पनि रोशनलाई नै दिइएको थियो ।

गलिल भित्र्याउनेमा एजेन्टका रुपमा किशोर श्रेष्ठ काम गरिरहेका छन् । विजनेश इन्टेष्टमैं क्षेत्रीले हतियार खरिदको तयारी थालेको एकथरीको आरोप छ । क्षेत्रीमाथि सेनाभित्र हुने निर्माण, हतियार, एमुनेशन र लजिष्ट्रिक जस्ता आर्थिक खरिदमा अनियमितता हुने गरेको भन्दैं प्रश्न उठन थालेको स्रोतको दावी छ । यसअघि क्षेत्रीकै पालामा नेपाली सेना नयाँ हेलिकप्टर समेत खरिद गरेको थियो । प्रधानसेनापति क्षेत्रीको आगामी २४ भदौंमा अवकास हुँदैंछ । उनी एक महिना अगाडि नै बिदा बस्ने परम्पराअनुसार २४ साउनदेखि बिदामा बस्दै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७