पीएसजी बराबरीमा रोकियो,नेइमारलाई रातो कार्ड


६ कार्तिक २०७४, सोमबार
nemar

काठमाडौं: इन्जुरी टाइममा इडिन्सन काभानीले गरेको गोलको मदतमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्सेली लिग वानमा मार्सेलिएसँग बराबरी खेलेको छ ।nemar

पीएसजीले मार्सेलिएसँग २–२ को बराबरी खेल्दा उसका स्टार स्ट्राइकर नेयमारले भने रातो कार्ड पाएका थिए । घरेलु मैदानमा भएको खेलमा मार्सेलिएले १६ औं मिनेटमा लुइज गास्टाभोको गोलबाट अग्रता लिएको थियो । तर, ३३ औं मिनेटमा नेइमारले बराबरी गोल गरे ।

७८ औं मिनेटमा फेरि घरेलु टोलीले अग्रता लियो । उसका लागि थाउभिनले गोल गरे । खेलको ८७ औं मिनेटमा पीएसजीलाई झड्का लाग्यो । स्ट्राइकर नेयमारले रातो कार्ड पाए । दुई मिनेटपछि दुई पहेँलो कार्ड पाएपछि उनले मैदान छाड्नु परेको थियो ।

तर, ९३ औं मिनेटमा काभानीले गोल गर्दै पीएसजीलाई हारबाट जोगाएका छन् ।बराबरीपछि पनि पीएसजी ४ अंकको अग्रतासहित अंक तालिकाको शीर्ष स्थानमा छ ।पीएसजीको १० खेलबाट २५ अंक छ भने दोस्रो स्थानमा रहेको मोनाकोको २२ अंक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७