किन युवाहरु लिभिङ रिलेसनसिपमा बस्न मन पराउँछन् ?


२७ बैशाख २०७५, बिहीबार
living togethar

काठमाडौं, २७ बैसाख । आधुनिक जीवनशैलीमा लिभिङ रिलेसनसिपमा बस्ने ट्रेन्ड बढेर गएको छ । लिभिङ टुगेदर पनि भनिने यस ट्रेण्डमा युवा जोडीहरु विवाह नगरिकनै अथवा बिना कुनै सम्बन्ध एक–अर्का सँग एकै छानोमुनि बस्ने गर्छन् ।

living togethar
सांकेतिक तस्विर । तस्विर : गुगल

नेपालमा पनि केही वर्षयता यस्तो ट्रेन्ड विस्तारै बढ्दै गएको छ । पाश्चात्य मुलुकहरुमा यसलाई सामान्य मानिने भए पनि हाम्रो समाजमा भने यसलाई राम्रो नजरले हेरिंदैन । सामान्यतया केटीहरु भन्दा धेरै केटाहरु लिभिङ रिलेसनसिपमा बस्न मन पराँउछन् । धेरैले केटाहरु शारीरिक सम्बन्ध राख्नको लागि केटीसँग लिभङ रिलेसनसिपमा बस्न चाहन्छन् भन्ने सोच्ने गर्छन् । तर, यसको पछाडि अरु पनि धेरै कारण हुन सक्छन् । यस्ता छन् केटाहरु लिभङ रिलेसनसिपमा बस्न चाहने मुख्य ५ कारणहरु :

१) लिभिङ रिलेसनसिपमा बस्नाले उनीहरुलाई आफ्नो पार्टनरको राम्रो र नराम्रो बानीहरुको बारेमा थाहा हुन्छ । जसबाट भविष्यमा कुनै पनि समस्याको सामना गर्नु पर्दैन ।

२) लिभिङ रिलेसनसिपमा बस्नाले उनीहरु आफ्नो पार्टनरको साथमा समय बिताउन पाउँछन् । उनीहरु आफूलाई मन लागेको बेलामा पार्टनरको साथमा घुम्न जान सक्छन् ।

३) केटाहरु आफ्नो मनको कुरा सकेसम्म कसैसँग शेयर गर्दैनन् तर लिभिङ रिलेसनसिपमा बसेका केटाहरु आफ्नो पार्टनरको साथमा हरेक कुरा बिना कुनै झन्झट भन्न सक्छन् । यस्तोमा पार्टनरको साथमा भएमा उनीहरुले पार्टनरसँग सुख दुःख शेयर गर्न सक्छन् ।

४) केटाहरु पनि चाहन्छन् कि उनीहरुलाई गर्लफ्रेण्डले विना कारण यति धेरै माया गरोस् तर, उनीहरु यो कुरा खुलेर भन्न सक्दैनन् । लिभिङ रिलेसनमा बसेपछि त्यस्तो अप्ठ्यारो हट्छ । त्यस्तै साथै रहेमा केटाहरुलाई जिम्मेवारीको महसुस हुन्छ ।

५) लिभिङ रिलेसनसिपमा रहनाले तपाईंको विवाहपछिको जीन्दगी कस्तो हुनेछ त्यसको बारेमा अन्दाज गर्न सकिन्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७