मोदी आउँदा माक्स लगाएर हिंडन प्रतिबन्ध


२७ बैशाख २०७५, बिहीबार
narendra modi

जनकपुर, २७ बैसाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएका बेला जनकपुरमा माक्स लगाएर हिंड्न प्रतिबन्ध लगाइएको छ ।narendra modi

जिल्ला प्रहरी कार्यालयले जानकी मन्दिर, बाह«विघा मैदानको १०० मिटर क्षेत्र र जनकपुर विमानस्थलदेखि बाह«विघा मैदानको सडक छेउछाउमा धारिलो वस्तु, हेलमेट, झोला, पोका र माक्स लगाएर हिंड्न निषेध गरेको हो । मोदीको भ्रमण कार्यक्रमलाई दृष्टिगत गरी वैशाख २८ गते बिहान १० बजेदेखि हेलमेट, झोला, पोका र माक्स लगाउन प्रतिबन्ध गरिएको प्रहरीले सूचना निकालेर जानकारी गराएको छ ।

मोदीको नागरिक अभिनन्दन हुने ठाउँ बाह्रविघा मैदानमा पनि हेलमेट र माक्स लगाएर नजान आग्रह गरिएको छ । प्रहरीको सूचनामा भनिएको छ ‘त्यस्तो निषेध गरिएको सरसामान लिई प्रवेश गरेको पाइएमा तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिइ कार्बाही अगाडि बढाइने जानकारी गराइन्छ ।’

दुई दिने नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जनकपुर आउँदैछन् । उनले जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ भने जनकपुर उपमहानगरपालिकाले मोदीको सम्मानमा बाह्रविघा मैदानमा नागरिक अभिनन्दन कार्यक्रम राखेको छ । मोदी भ्रमणको सुरक्षालाई मध्यनजर गरी बिहीबार दिउँसो १२ बजेदेखि नै जानकी मन्दिरमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । मोदी आउने दिन पारेर प्रदेश २ सरकारले प्रदेशभरी सार्वजनिक विदा समेत दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७