तीन दिनपछि खुल्यो कर्णाली करिडोर


०८:०१ बजे

कालीकोट । तीन दिनदेखि बन्द रहेको कालीकोट खण्डको कर्णाली करिडोर शनिबार खुलेको छ । कोरिडो यसअघि वर्षाका कारण बन्द भएको थियो । ठाउँ–ठाउँमा आएको पहिरोका कारण कर्णाली करिडोर बन्द भएको तीन दिनपछि खुलेको जिल्ला ट्राफिक कार्यालय कालिकोटले जानकारी दिएको छ ।

तीनदेखिको वर्षाले कर्णाली करिडोरको कालीकोट नरहरिनाथ गाउँपालिका–८ को खुलालु, जारकोट खण्डमा दुई ठाउँमा आएको पहिराले करिडोर बन्द भएको स्थानीय रामबहादुर बुढाले बताए ।

‘करिडोरको लालीघाट खण्ड पनि निकै जोखिममा छ,’ उनले भने, ‘सान्नीत्रिवेणी गाउँपालिका–१ को लुसागाउँको डिलबाट पहिरो झरिरहेकाले करिडोरको यात्रा निकै जोखिम छ ।’ वर्षायामको बेला कर्णाली करिडोर निकै जोखिम हुने गरेको छ । रासस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७