बलात्कृत भएको चार दिनमै गर्भ ! घटना हेरिरहेको प्रहरी नै चकित


२७ बैशाख २०७५, बिहीबार
garva
सांकेतिक तस्वीर

रौतहट, २७ बैसाख । रौतहटको चन्द्रनिगाहपुरमा बैशाख २० गते एक किशोरी बलात्कृत भइन् । घटनाको चार दिनपछि स्वास्थ्य परीक्षण गराउँदा उनको पेटमा गर्भ रहेको चिकित्सकले पाए र सोही अनुसार प्रहरीलाई रिपोर्ट दिए । रिपोर्ट हेरेर प्रहरी समेत आश्चर्यमा पर्‍यो । garva

सर्लाही हरिवन–११ का मुकेश दास र रिजवान अन्सारीले बलात्कार गरेको भन्दै किशोरीका आफन्तले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा किटानी जाहेरी दिएका थिए । त्यसअघि नै प्रहरीले दुबै जनालाई पक्राउ गरिसकेको थियो । बलात्कारको जाहेरीपछि ईलाका प्रहरीले किशोरीको स्वास्थ्य परीक्षण गराइएको थियो ।

त्यस क्रममा गर्भवती भएको रिपोर्ट आएको डिएसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन् । ‘हामीले किशोरीलाई यसअघि कसैसँग यौन सम्पर्क भएको थियो कि थिएन भनेर सोध्यौ,’ उनले भने, ‘कसैसँग थिएन । थाहा भएन । भन्ने जवाफ दिएपछि हामी नै आश्चर्यमा परेका छौं ।’
चिकित्सकले गर्भवती भएको बताएपछि प्रहरीले किशोरीलाई पटक–पटक सोधपुछ गरेको जनाएको छ ।

सिन्धुलीबाट हरिवन बजारस्थित दिदीको घरमा आएकी किशोरी साँझ घर फर्कने क्रममा बसपार्कमा दुई युवकले भेटेर घर पुर्‍याई दिने भन्दै रौतहट ल्याएर बलात्कार गरेको प्रहरी समक्ष बयान दिएकी छिन् । किशोरीलाई उद्धृत गर्दै प्रहरीले भन्यो, ‘मोबाइल किनिदिने भन्दै झुक्याएर ल्याएका रहेछन् ।’

शकिद पार्कमा गलत हर्कत हुन थालेपछि प्रहरीलाई खबर गरको हो । पक्राउ परेका युवकले बा २५ प १३७८ नम्बरको मोटरसाइकलमा ल्याएर पार्कभित्र लगेका थिए । चन्द्रपुरमा दासले आफूलाई एक पटक जबरजस्ती यौन सम्पर्क गरेको किशोरीले प्रहरी समक्ष बताएकी छिन् । पक्राउ परेकाहरुले बलात्कार नगरेको दाबी गर्दै आएको प्रहरीले जनाएको छ । घटना अनुसन्धान भइरहेको प्रहरीले जनायो । पक्राउ परेका दुबैलाई करणीमा मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७