आइजीपी खनालले सच्याए सशस्त्रका डिआइजीको सरुवा, यस्तो रहेछ कारण


२७ बैशाख २०७५, बिहीबार
shailendra khanal igp

काठमाडौं, २७ बैसाख । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नियम विपरित गरेको डिआइजीको सरुवा परिवर्तन भएको छ । महानिरीक्षक खनालको सिफारिसमा आइतबार राति गृह मन्त्रालयले ८ जना डिआइजीको सरुवा गरेको थियो । shailendra khanal igp

आइतबार साँझ गृह मन्त्रालयले गरेको सरुवाअनुसार डिआइजी सुरजकुमार श्रेष्ठ महानिरीक्षकको सचिवालयमा, बावुराम पाण्डे मद्दती सेवा निर्देशनालयमा, खड्ग राई महानगरीय सशस्त्र प्रहरीको कार्यालयमा, बसन्त कुमार बानिया कार्य विभाग र मन्दिप श्रेष्ठलाई पूर्व क्षेत्रस्थित बराह बाहिनीको बाहिनीपतिमा सरुवा गरेको थियो ।

त्यसैगरी डिआईजी चिरन्जीवि अधिकारी पश्चिम क्षेत्रस्थित मुक्तिनाथ बाहिनीको बाहिनीपतिमा,नगेन्द्र थापा सुदुरपश्चिमस्थित वैद्यनाथ बाहिनी र राजुराम सुवाललाई मध्यपश्चिमस्थित महेश्वरी बाहिनीको बाहिनीपतिको जिम्मेवारी दिइएको थियो ।

सशस्त्र प्रहरीको प्रवक्ता समेत रहेका डिआइजी बाबुराम पाण्डेलाई मद्दती सेवा निर्देशनालयमा सरुवा गरेपछि उक्त सरुवामा त्रुटी देखिएको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार छापिएका थिए । सशस्त्रमा उक्त निर्देशनालयमा डिआइजीको दरबन्दी नै थिएन् । महानिरीक्षक खनालले सिफारिसमा आफ्नो गल्ती भएको भन्दै गृह मन्त्रालयमा फेरि अर्को पत्र पठाएका छन् ।

उनले डिआइजी पाण्डेलाई मद्दती सेवा निर्देशनालयबाट व्यावसायिक तथा गुणस्तर निर्देशनालयमा सरुवाका लागि अर्को पत्र पठाएका छन् । सशस्त्रमा हाल सीमा विभागमा दुई जना डिआइजी र कार्य विभागमा एक जना डिआइजीको दरबन्दी खाली हुँदाहँुंदै पाण्डेलाई मद्दती सेवा निर्देशनालयमा सरुवा गरेपछि सशस्त्रमा खनालको आलोचना भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७