रियलको सहज जित, बार्सिलोनासँगको अंक दुरी कम


६ कार्तिक २०७४, सोमबार
real

काठमाडौं: रियल मड्रिडले एइबरमाथि सहज जित हात पारेको छ र स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ ।सोमबार राति भएको खेलमा रियल मड्रिडले एइबरमाथि ३–० गोल अन्तरको जित निकालेको हो ।real

घरेलु मैदानमा भएको खेलमा रियलले उपहार गोलबाट अग्रता लिएको थियो । खेलको १८ औं मिनेटमा एइबरका ओलिभिआराले आत्मघाती गोल गरे ।१० मिनेटपछि एसेन्सिओले गोल गर्दै पहिलो हाफमा रियल मड्रिडलाई २–० को अग्रता दिलाए ।

खेलको ८२ औं मिनेटमा मार्सेलोले गोल गरेपछि घरेलु टोली ३–० गोल अन्तरले विजयी भएको छ ।रोनाल्डोका लागि भने यो खेल पनि निराशाजनक रह्यो । यो सिजन ला लिगामा मात्र एक गोल गरेका उनले एइबरविरुद्ध थुप्रै अवसर खेल फालेका थिए ।जितपछि रियल मड्रिड ९ खेलबाट २० अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । तर, लिग लिडर बार्सिलोना भन्दा अझै ५ अंक पछाडि छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७