सुदूरपश्चिम प्रदेशसभा बैठक आज बस्दै


२५ असार २०८०, सोमबार
sudur paschim

सुदूरपश्चिम । सभाको आज अपराह्न ४ बजेदेखि बैठक बस्दैछ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याइएको बजेटमाथिको छलफल आजदेखि सुरु हुने भएको छ ।

यही असार १ गते प्रदेशसभामा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले पेस गरेको बजेटमाथिको छलफल आजदेखि अघि बढ्ने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए । सत्तापक्ष र प्रतिपक्षी दलले सरकारले ल्याएको वार्षिक कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गर्नु, प्रदेशसभा सदस्य प्रदेश बाहिर रहनु र सरकारले तयारी अघि नबढाउँदा बजेटमाथिको छलफल ढिला गरी अघि बढ्न लागेको सभामुख भण्डारीले बताए ।

उनले भने, ‘आज प्रदेशसभा बैठक बस्छ, अहिले कार्य परामर्श समितिको बैठक बसिरहेको छ, यकीन समय भन्न सकिँदैन, कार्य परामर्श समितिले बजेटमाथिको छलफललाई नै प्रमुख एजेण्डा बनाउनसक्ने देखिएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७