बेलवारीमा साकेला उभाैली भव्यरूपमा सम्पन्न


२८ बैशाख २०७५, शुक्रबार
Belbari ma sakela ubhauli 12

‘प्रदेश नं. १ को नाम ऐतिहासिक पृष्ठभुमि र पहिचान आधारमा राख्नुपर्छ’

बेलवारी, २७ वैशाख । किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव तिलक प्रसाद राईले ऐतिहासिक पृष्ठभूमि र पहिचान आधारमा हुनुपर्ने बताएका छन् । बिहीबार बेलवारीमा आयोजित उभौली साकेला नृत्य प्रतियोगितामा उनले प्रदेश नं. १ को नाम ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधारमा ‘किराँत प्रदेश’ उपयुक्त हुने भएको बताएको हुन् ।

किरातले प्रदेश नं.मा बस्ने सबै जातिको अस्तित्व र भावनाको पनि सम्मान हुने भएको हुँदा मुलुकलाई समृद्धितर्फ अगाडि बढ्न सहयोग पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा बेलवारी बहुमुखी क्याम्पसकाप्रमुख खगेन्द्रप्रसाद लुईटेलले सकेला नेपालको सांस्कृतिक सम्पदा रहेको हुँदा सबै समुदायले हेर्ने र नाच्ने वातावरण सृजना गरेको खण्डमा भावनात्मक सम्बन्धको विकास हुने बताए ।

कार्यक्रममा मोरङ र सुनसरीबाट सकेला नृत्य प्रतियोगितामा आएका टोलीहरूलाई पुरस्कृत गरिएको थियो । युवा पुस्ताका किरातीहरुले सकेला सिली नाचमा औधी रुचि रहेको पाइएको छ ।

यसै गरी कार्यक्रमकै अवसरमा यायोक्खालाई विभिन्न समयमा योगदान पु¥याउने ९ जनालाई सम्मान गरिएको थियो । बेलवारिमा किराँत राई यायोक्खा र आदिवासी जनजातिको क्षेत्रमा निकै लामो समयदेखि अभियन्ताको रूपमा सङ्घर्ष गर्दै आएका यायोक्खाका केन्द्रीय उपमहासचिव तिलक प्रसाद राईलाई सम्मान गरिएको छ ।

यस्तै स्वास्थ्यक्षेत्रका पृथ्वी राई, यायोक्खाका संस्थापक असित राई, पूर्व पदाधिकारीहरू वासुदेव राई कृष्णबहादुर राई, नन्दकुमार राई रणशेर राई, पत्रकारद्वारा खनेन्द्रकुमार राई (अर्जुन) र नारायण राई सम्मानित भएका छन् । कार्यक्रम वर्ण राईको सञ्चालन तथा यायोक्खाका अध्यक्ष जितुमान राईको अध्यक्षतामा भएको थियो ।Belbari ma sakela ubhauli 17

 

Belbari ma sakela ubhauli 16

Belbari ma sakela ubhauli 15

Belbari ma sakela ubhauli 14

Belbari ma sakela ubhauli 13

 

Belbari ma sakela ubhauli 8

Belbari ma sakela ubhauli 11 Belbari ma sakela ubhauli 12

Belbari ma sakela ubhauli 6

Belbari ma sakela ubhauli 5

Belbari ma sakela ubhauli 4

Belbari ma sakela ubhauli 3

Belbari ma sakela ubhauli 2

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७