श्रीमानसँग सम्बन्धविच्छेद गरेर आएकी युवतीलाई प्रेमीले गरे अस्वीकार, रोजिन आत्महत्या


२७ असार २०८०, बुधबार
rape unsafe women home
सांकेतिक तस्वीर

नयाँदिल्ली । जुलाई ६ मा पिलीभीतको जेहानाबाद रेलवे क्रसिङ नजिक फेला परेको शव सहरको एक इलाकाकी एक युवतीको थियो । पहिचान हुन नसकेपछि प्रहरीले आइतबार शवको दाहसंस्कार गरेको थियो ।

प्रेमीबाट धोका पाएपछि आत्महत्या गरेको उनकी आमाले जानकारी दिएकी छिन् । उनकी आमाका अनुसार श्रीमानसँग सम्बन्ध विच्छेद गरेर युवती प्रेमीको घर पुगेकी थिइन् तर उसले अस्विकार गरिदियो, जसकाकारण आत्माहत्या गर्न पुगेकी हुन् ।
गत ६ जुलाइमा एक युवतीले पूर्णागिरी शताब्दी एक्सप्रेसको अगाडि हाम फालेर आत्महत्या गरेकी थिइन् । प्रहरीले शव पहिचानका लागि शव गृहमा राखेको थियो । तीन दिनसम्म पहिचानका लागि कोही नआएपछि प्रहरीले आइतबार शवको दाहसंस्कार गरेको थियो । सोमबार युवककी आमा जेहानाबाद प्रहरी चौकी पुगिन् । तस्बिर हेरेर उनले सो शव २० वर्षीया छोरीको भएको पहिचान गरेकी थिइन् ।

मृतककी आमाका अनुसार छोरीको २०२१ मा पाकडिया गाउँमा विवाह भएको थियो । साउन ३ गते उनले श्रीमानसँग सम्बन्ध तोडिन् । श्रीमानसँग सम्बन्धविच्छेद गरे पछि उनी कला मन्दिर निवासी प्रेमीकाको घर पुगिन् । केही दिनपछि प्रेमीले पनि अस्वीकार गरे । युवतीले आफ्नो प्रेमीको ठगी गरेको सहन सकिनन् । उनी बरेली जंक्शन पुगिन्, जहाँ उनले आत्महत्या गर्न ट्रेनको प्रतीक्षा गरिन् ।

बरेलीका एक युवकले उनको असहज खालको कार्य देखेर आत्महत्या गर्नबाट रोकेका थिए । उसलाई आफ्नो घरमा लगे र सम्झाइ बुझाइ गरी ६ जुलाईमा ती युवकले उनलाई पिलिभीत जाने रेलमा बसाएका थिए । त्यसपछि युवती यहाँ आइन् र रेलको अगाडि हाम फालेर आत्महत्या गरिन् । जेहानाबाद प्रहरी चौकी इन्चार्ज प्रवीण कुमारले यस विषयमा कुनै उजुरी नपरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७