प्रहरी जवानलाई नै ‘पाता कसेर’ दिइयो यातना


२७ असार २०८०, बुधबार
Police Constable punishment siraha1689146712

काठमाडौं । सिरहामा कार्यरत एक प्रहरी जवानलाई हात बाँधेर (पाता कसेर) यातना दिएको भिडियो बाहिरिएको छ । सिरहामा कार्यरत प्रहरी जवान अनु रायको हात बाँधेर यातना दिएको भिडियो बाहिरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहा स्रोतका अनुसार इन्सपेक्टर हेमन्त राईले प्रहरी जवानको हात बाँधेर यातना दिएका हुन् । प्रहरी आचरण विपरीत काम गरेको र रक्सी पिएको भन्दै जवानलाई गाली गरेको समेत भिडियोमा सुनिन्छ । जवानले भने आफूले रक्सी नपिएको दाबी गर्छन् । त्यसपछि मेडिकल टेस्ट गर्न लैजाने भनिएको भिडियोमा सुनिन्छ ।

उक्त भिडियो बाहिरिएपछि यसमाथि छानबिन भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका डीआईजी जनकराज भट्टराईले भने, ‘भिडियो मैले पनि भर्खर प्राप्त गरेँ । यसबारे के कसो भएको हो भन्नेबारे हामीले आन्तरिक रुपमा बुझ्न सुरु गरेका छौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७