भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा, यस्तो छ नेपाल बसाई तालिका


२८ बैशाख २०७५, शुक्रबार
KP oli and Narendra modi
तस्बिर : किरण पाण्डे ।

जनकपुर, २८ वैशाख । दुई दिने नेपालको राजकीय भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आइपुगेका छन् । मोदी प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा एयर इन्डियाको विमानबाट जनकपुर विमानस्थलबाट नेपाल आइपुगेको हुन् । उनलाई नेपालका रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतले स्वागत गरेका थिए ।

KP oli and Narendra modi
तस्बिर : किरण पाण्डे ।

प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जनकपुरको जानकी मन्दिरमा स्वागत गरेका छन् । ओलीले मन्दिरको गेटमा स्वागत गरेका हुन् । मोदी भने एयर इण्डियाको बिशेष बिमानबाट जनकपुर एयरपोर्टमा उत्रिएर सिधै मन्दिर आएका हुन् ।

मन्दिरमा पुजापछि दुई प्रधानमन्त्रीले रामायण सर्किट र अयोध्या–जनकपुर सिधा बस सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्दैछ । नागरिक अभिनन्दनपछि मोदी आजै दिउँसो १ बजे काठमाडौं आउने तय भएको छ । मोदीलाई बस्ने व्यवस्था चुच्चेपाटीस्थित होटल हायातमा मिलाइएको छ । त्यसैले उनी एयरपोर्टबाट सीधै होटल हायात पुग्नेछन् ।

यस्तो छ मोदीको भ्रमण तालिका

वैशाख २८ गते शुक्रबार :

बिहान ९ः१५ बजे– हेलिकोप्टरबाट जनकपुरमा अवतरण।
९ः३०– जानकी मन्दिरमा पूजा।
१०ः१५– बाह्रबिघा मैदानका लागि प्रस्थान। नागरिक अभिनन्दनमा सहभागी र सम्बोधन।
१ः३०– हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, बौद्धस्थित हायात होटलमा प्रस्थान।
४ः००– गार्ड अफ अनरका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान।
४ः३५– उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुर भवन निवासमा।
५ः००– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवासमा।
६ः००– महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने। त्यहाँ विभिन्न दलका नेताहरुसँग भेटघाट।

बैशाख २९ गते शनिबार:
बिहान ६:००– मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान।
८: ३०– मुक्तिनाथमा पूजा।
१० : ३०– मुक्तिनाथबाट काठमाडौं फिर्ता।
१० : ४०– विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान।
११: ३०– होटल हायात प्रस्थान।
२:००– महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान।
३:३०– नागरिक अभिनन्दन, नेपालका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उद्घाटन गरी बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७