सीताको अन्तिम विदाइ : प्रचण्ड, रेणु र गंगाले दिए दागबत्ती (तस्वीरहरु)

राजकीय सम्मानसहित अन्तिम बिदाइ, हिन्दु संस्कारअनुसार दाहसंस्कार


२७ असार २०८०, बुधबार
Sita dahal dagbati scaled

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा आज (बुधबार) राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।

prachanda dagbati
xori
F006JkKWwAAusZW

दाहालको निधनपछि सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठकले उनको त्याग र योगदानप्रति आत्मसात गर्दै नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था सरकारले मिलाएको थियो ।

Sita dahal pashupati

बिहान नर्भिक हस्पिटलमा निधन भएपछि सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । पेरिसडाँडाबाटै अन्तिम संस्कारका लागि पशुपति लगिएको हो । सीतालाई पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जली दिएपछि दाहसंस्कारका लागि आर्यघाट लगिएको हो । जहाँ पुर्‍याउने क्रममा उनको पार्थिव शरीरलाई छोरीहरु गंगा दाहाल र रेणु दाहालले काँध हालेर ब्रह्मनालमा पुर्‍याएका थिए ।

sita dahal pashupati 1
sita sab yatra 1
sita dahal pashupati 2
sita dahal pashupati 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७