रामायण सर्किटको उद्घाटनपछि अभिनन्दनका लागि बाह्रबिघामा मोदी


२८ बैशाख २०७५, शुक्रबार

जनकपुर, २८ बैसाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिरमा पूजा आरधना र रामायण सर्किटको उद्घाटनपछि अभिनन्दनस्थल बाह्रबिघा मैदान पुगेका छन् ।

तस्विर : सामाजिक सञ्जाल

जानकी मन्दिरमा करीब २० मिनेट पूजा आरधनापछि जानकी मन्दिर परिसरमा मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले संयुक्त रुपमा जनकपुर–अयोध्या सिधा बससेवा (रामायण सर्किट) को उद्घाटन गरेका थिए ।

बस सेवाको उद्घाटन गर्दै दुवै देशका प्रधानमन्त्रीले दुई देशबीच र जनताबीच सम्बन्ध सुदृढ पार्ने विश्वास व्यक्त गरे । बाह्रविघा मैदानमा भारतीय प्रधानमन्त्रीलाई जनकपुर उपमहानगरपालिकाको तर्फबाट नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । त्यसपछि मोदी काठमाडौंका लागि प्रस्थान गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७