मोदी अभिनन्दनस्थल : भोक–तिर्खाले व्याकुल सर्वसाधरण बेहोस


२८ बैशाख २०७५, शुक्रबार

जनकपुर, २८ बैसाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिन्नदन समारोहमा सहभागी भएका सर्वसाधारण भोक र तिर्खाले व्याकुल बनेका छन् । अभिनन्दनका लागि रगभूमि मैदान आएका हजारौं सर्वसाधरण चर्को गर्मीमा भोकभोकै र तिर्खाले व्याकुल भएको स्थानीयले जानकारी दिएका छन् ।

भोको पेट रहेका बेला भिड व्यवस्थापन गर्ने सुरक्षाकर्मीले लाठ्ठी समेत हानेको जनाइएको छ ।
जनकपुर उपमहानगरपालिकाले पानीको व्यवस्था नगर्दा सर्वसाधारणलाई समस्या भएको जनाइएको छ । त्यति मात्र नभई घरबाटै बोतलमा ल्याइएको पानी समेत प्रहरीले खोसेपछि जनता आक्रोशित भएका छन् ।

अभिन्नदन समारोहमा सहभागी हुन उपेन्द्र यादब, राजेन्द्र महतो, विमलेन्द्र निधि, मातृका यादब, रघुबीर महासेठ लगायत रङ्गभूमि पुगिसकेका छन् ।
यसैबीच भारतीय प्रधानमन्त्री जानकी मन्दिरको विशेष पूजा सकेर रङ्गभूमि मैदानमा पुगिसकेका छन् । केहीबेरमा उनको अभिनन्दन हुने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७