पलाञ्चोक भगवतीमा पूर्व युवराज पारसको पूजापाठ, यस्तो रहेछ पूजाको कारण


२८ बैशाख २०७५, शुक्रबार
paras

काठमाडौं, २८ बैसाख । पूर्व युवराज पारस शाह पछिल्लो समय धार्मिक पूजापाठमा निकै दिलचस्पी देखाइरहेका छन् । पारस शाहले आज पलाञ्चोक भवगती मन्दिर पुगेर दर्शन गरेका छन् ।paras पारस शाह अचानक पलाञ्चोक भवगती मन्दिरको दर्शन गर्न पुगेका हुन् । बिहान ९ बजे पुगेका पारसले करीब आधा घण्टा भगवतीको पूजामा बिताएको उनी निकट स्रोतले जानकारी दिएको छ । सर्वसाधारणको भेष र शैली मन्दिर पुगेका पारसलाई कतिपयले चिन्न नै सकेनन् भने चिनेकाले जय जयकार गरेका थिए । पूजा सकेर स्थानीय साधारण पसलमा चिया र चाउचाउ खाएका उनले देशकोबारेमा चिन्ता गर्दै कुराकानी गरेका बताइएको छ ।

भक्तजनहरुसँग कुराकानीका क्रममा धर्म र संस्कृतिको जागरण र सुरक्षा गर्नु आफूहरुको कर्तब्य रहेको उनले बताएको स्रोतले जनाएको छ । यहि वैशाख ३० गते पारस शाहले पञ्चमुखी हनुमान, उत्तरगया गोकर्णस्थित मठमन्दिरको दर्शनको र पूजापाठ गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७