मोदीको नेपाल भ्रमणले नेपाल–भारत सम्बन्ध उच्च : रक्षामन्त्री


२८ बैशाख २०७५, शुक्रबार
ishwor

धनुषा, २८ बैसाख । रक्षामन्त्री इश्वर पोखरेलले दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल सरकारको तर्फबाट स्वागत गरेका छन् ।

ishwor
रक्षामन्त्री ईश्वर पोखरेल । तस्विर : फाइल

जनकपुरको बाह्रबिघामा भारतीय प्रधानमन्त्री मोदीलाई गरिएको अभिनन्दन कार्यक्रममा भारत–नेपालको रहेको ऐतिहासिक सम्बन्धलाई निरन्तरता दिइने बताएका छन् । रक्षामन्त्री पोखरेलले दुवै देशको सभ्यताको शुरुवात सँगसँगै भएको भन्दै ऐतिहासिक पवित्र भूमि जनकपुरधामले दुई देशबीचको सम्बन्धलाई सदृढ बनाउने बताए ।

जनकपुर गार्गी, वैदेही जस्ता विद्वानहरुको भूमि भएको बताउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा स्वागत गर्न पाउँदा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने रक्षामन्त्री पोखरेलले बताए ।
पोखरेलले आफूले सन् २०१४ मा भएको भारतीय प्रधानमन्त्री मोदीले गरेको नेपाल भ्रमण र उनले व्यक्त गरेका अभिव्यक्तिहरु ऐतिहासिक भएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७