मोदी काठमाडौं आउँदा विमानस्थल बन्द हुने


२८ बैशाख २०७५, शुक्रबार
Airport

काठमाडौं, २८ बैसाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरबाट काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (शुक्रबार) दिउँसो केहि समयका लागि बन्द हुने भएको छ ।

Airport
फाइल फोटो

भारतीय प्रधानमन्त्री मोदी जनकपुरबाट काठमाडौं आउने समयमा विमानस्थल बन्द गर्न लागिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् । भारतीय प्रधानमन्त्री मोदी सवा १ बजे जनकुपरबाट भारतीय बायु सेनाको बिमानमार्फत विमानस्थल आइपुग्ने छन् ।

मोदीको सुरक्षालाई ध्यान दिंदै सवा १ बजेदेखि पौन २ बजेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गरिएको ठाकुरले बताएका छन् । विमानस्थलबाट मोदी बौद्धस्थित हायत होटल जाने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७