नेपाल बिना हाम्रो नाम पनि अधुरो छ : भारतीय प्रधानमन्त्री मोदी


२८ बैशाख २०७५, शुक्रबार
oli modi

जनकपुर, २८ बैसाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा सम्बोधन सकेका छन् । उनले सम्बोधन गर्दै नेपाल बिना भारत अधुरै रहने बताएका छन् । बाह्रविघामा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले यस्तो बताएका हुन् । उनले यस पटकको नेपाल भ्रमण प्रधानमन्त्री भन्दा पनि प्रधान तीर्थ यात्रीको रुपमा बताएका छन् ।

oli modi
तस्विर : सामाजिक सञ्जाल

मोदी सम्बोधन गर्दै भने ‘हाम्रो चाह र राह सबै समान हो, सपना संकल्प सबै समान हो । हाम्रो गन्तब्य पनि एकै हो’, मैथिलीमा भाषण शुरु गर्दै मोदीले भने, ‘नेपाल बिना भारतको इतिहास अधुरो छ, नेपाल बिना हाम्रो नाम पनि अधुरो हुन्छ ।’

मोदीले दुई देशबीचको मित्रता मित्रता आजको नभई त्रेता युगदेखिको रहेको पनि जिकिर गरे । ‘हामी भगवान रामको पालादेखि जोडिएका छौं’, उनले भने, ‘हाम्रो सुख दुःख पनि समान हो, हाम्रो सपना पनि एउटै छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७