सरकारले कुनै पनि अनुसन्धानमा हस्तक्षेप गरेको छैन र गर्दैन : गृहमन्त्री श्रेष्ठ


३० असार २०८०, शनिबार
Narayankaji chitwan 2 scaled

चितवन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले कुनै पनि अनुसन्धानमा हस्तक्षेप नगरेको र नगर्ने बताएका छन् । चितवनको भरतपुरमा आज (शनिबार) पत्रकारसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले भने, ‘हामीले प्रहरीलाई फलानालाई ल्याउनु फलानालाई नल्याउनु भनेका छैनौं । हामी त्यस्तो कुरा गर्दैनौं, निर्दोष फस्ने र दोषी उम्किने हुँदैन, तपाईंहरू काम गर्नुस् भनेका छौं, प्रहरीले त्यसै गरी काम गरिरहेको छ ।’ उनले भने, ‘तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढेको छ ।’

Narayankaji chitwan 1

कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभइ तथ्य प्रमाणका आधारमा समातिने उनले बताए । अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउँदै उनले कुनै पनि प्रकरणमा अनुसन्धानको काम नरोकिएको श्रेष्ठको भनाई छ । गृहमन्त्री श्रेष्ठले मिटरव्याज पीडितलाई न्याय दिने काम पनि नरोकिएको बताएका छन् । अहिले संसद पनि खुलिसकेको बताउँदै उनले सम्बन्धित विधेयकलाई छिटो पारित गरेर काम प्रभावकारी बनाउने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७