विवेकशिल साझाको व्यानर प्रहरीले च्यातेर लग्यो


२८ बैशाख २०७५, शुक्रबार
Dc56Cf0WsAEpDCT

काठमाडौं, २८ बैसाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सामाजिक सञ्जालमा नाकाबन्दीलाई लिएर भइरहेको बिरोधमा प्रहरीले हस्तक्षेप गरेको छ । Dc56Cf0WsAEpDCT

नाकाबन्दी अपराध थियो भन्ने नाराका साथ सामाजिक सञ्जालमा भारतीय प्रमले माफी माग्नु पर्ने आवाज उठाईरहेको थियो । यसैक्रममा बिवेकशिल साझा पार्टीले आफ्नो कार्यलयमा राखेको ब्यानर प्रहरीले च्यातेर निकालेको छ ।

ब्यानरमा दुई बर्षअघिको भारतीय नाकाबन्दीप्रति बिरोध जनाउन विवेकशिल साझा पार्टीले बखुन्डोलस्थित आफ्नो कार्यालयमा ‘मोदीजी स्वागत छ तर, नाकाबन्दी बिर्सेका छैनौ’ लेखेर राखेको ब्यानर प्रहरीले जबरजस्ती निकालेर लगेको बिवेकशिल साझा पार्टीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७