भारतीय प्रम मोदी काठमाडौं आईपुगे, आजै गार्ड अफ अनर सम्मान


२८ बैशाख २०७५, शुक्रबार
6908273771234

काठमाडौं, २८ बैसाख । नेपालको दुई दिने भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर हुँदै काठमाडौं आइपुगेका छन् ।

6908273771234
भारतबाट एयर इण्डियाको विशेष विमानमार्फत जनकपुर आइपुगेका मोदी केहीबेरअघि मात्रै काठमाडौं आइपुगेका हुन् । जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए । भारतीय प्रधानमन्त्रीलाई आजै सरकारले गार्ड अफ अनरद्वारा सम्मान व्यक्त गर्दैछ ।

त्यसपछि मोदीले उपराष्ट्रपति नन्दबहादुर पुन र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन् । बेलुका उनले बत्तिसपुतलीमा रहेको होटल द्वारिकामा प्रधानमन्त्री लगायत विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्दैछन् ।

अरुण तेस्रोको शिलान्यास पनि गर्ने तयारी छ । प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले स्वीच थिचेर यसको शिलन्यास गर्ने तयारी छ । यसअघि जनकपुरमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध त्रेता युगदेखिको भएको बताएका थिए ।

नेपालले संविधान जारी गरेपछि त्यसमा रहेका प्रावधानहरुप्रति असन्तुष्टि व्यक्त गर्दै भारतले नेपालमाथी नाकाबन्दी लगाएको थियो । नाकाबन्दीपछि पहिलोपल्ट नेपाल आएका मोदीले त्यसबारेमा आफ्नो धारणा राख्ने अपेक्षा गरिएको थियो । तर, उनले आफ्नो सम्बोधनका क्रममा नेपाल र भारतबीचको सम्बन्ध कसैले पनि भत्काउन नसक्ने खालको बताए पनि नाकाबन्दीका बारेमा भने केही पनि बोलेनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७