हिंसालाई प्रोत्साहन गर्न विधेयक ल्याइएको होइन : कानुनमन्त्री गुरुङ


२०८० असार ३१ आइतबार ०७:३९ बजे

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक हिंसालाई प्रोत्साहन गर्न नल्याइएको स्पष्ट पारेका छन् ।

सांसदहरूले विधेयकको विरोध गरेपछि मन्त्री गुरुङले शान्ति सम्झौताअनुसार मुलुक अगाडि बढेकाले हिंसामा लैजाने भन्ने सोच्न पनि नसकिने बताए । संशोधनका लागि ७२ घण्टा कम भएको सांसदहरूको गुनासोमा मन्त्री गुरुङले समय पर्याप्त भएको बताए । ‘विधेयक सिरानीमा राखेर सुत्न आएका त होइनौँ नि ! दफा–दफा पढेर छलफल गर्न सकिन्छ,’ उनले भने ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७