बस दुर्घटना हुँदा १७ घाइते, सात गम्भिर


२८ बैशाख २०७५, शुक्रबार
accidentdhankuta 1152018111251

धनकुटा, २८ बैसाख । कोशी राजमार्ग अन्तर्गतको धरान–धनकुटा सडक खण्डको स्कुलडाँडा नजिक शुक्रबार भएको सवारी दुर्घटनामा १७ यात्रु घाइते भएका छन् ।

accidentdhankuta 1152018111251
बस दुर्घटनाका घाइतेको उपचार गरिंदै । तस्विर : सामाजिक सञ्जाल

धरानबाट संखुवासभाको आँखीभूईंतर्फ जाँदै गरेको को १ ख २५३० नम्बरको बस बिहान साढे ११ बजेतिर धनकुटा नगरपालिका–३ को स्कुलडाँडा नजिकैको सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसमा सवार अधिकांश यात्रु घाइते भएका छन् । घाइते हुनेमा संखुवासभाको धर्मदेवी नगरपालिकाका धनबहादुर जिमी, बोचुमबहादुर जिमी, विमला कार्की, अमरबहादुर कार्की, अमृतकुमार नेपाल, शंकर खड्का, धनकुटा नगरपालिका–५ का दिप्ती श्रेष्ठ, निलम श्रेष्ठ, किरण मास्के, ११ महिनाका रुक्सन श्रेष्ठ, धनकुटा–७ का चन्द्रबहादुर तामाङ, जगत राई रहेका छन् ।
यसैगरी पाख्रिबास नगरपालिका–१० का पदमबहादुर राई, ४ का गणेशबहादुर बस्नेत, सहिदभूमि गाउपालिकाका सजना राई, ईटहरी ७ का अञ्जु बस्नेत र धरान १५ का सुनिल भुजेल घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामध्येका तीन जनालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ । अन्य यात्रुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ट्रिपरलाई साइड दिने क्रममा अनियन्त्रित भएर बस पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक भने फरार छन् । बसमा करीब २० यात्रु सवार रहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७